बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार झिकाइएकाे छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा बयान लिन लामिछानेलाई सिंहदरबार स्थित आयोगको कार्यालय ल्याइएको हाे।

आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ।

उनी सहकारी ठगी प्रकरणमा ललितपुरस्थित नक्खु कारागारमा थिए ।


प्रतिक्रिया दिनुहोस्