दश पार्टी एकीकृत : प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन
काठमाडौं । दश वटा दलको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएको छन् ।
पार्टीको सह–संयोजकमा भने माधवकुमार नेपाल चयन भएका छन् । भृकुटीमण्डपमा आयोजित एकता सभामा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
सभाले घोषणापत्र र विधान पनि पारित गरेको छ भने एकता घोषणा सभा अहिले पनि जारी रहेको छ ।













