शारदा र राठी ग्रुपको ‘प्रिमियर स्टील’ को व्यापार साढे चार अर्ब, ३ लाख मेट्रिक टन डण्डी र बिलेट उत्पादन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शारदा र राठी ग्रुपको ‘प्रिमियर स्टील’ को व्यापार साढे चार अर्ब, ३ लाख मेट्रिक टन डण्डी र बिलेट उत्पादन



काठमाडौं । प्रिमियर स्टील प्रालिले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा कुल ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

यद्यपि, यो गत वर्ष सन् २०२३ को तुलनामा भने केही गिरावट आएको छ । गत वर्ष कम्पनील ४ अर्ब ५६ करोड ९० लाख बढीको व्यापार गरेको थियो ।

कम्पनीले अघिल्लो वर्ष सन् २०२३ मा पनि ४ अर्ब ७ कराेिड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यता, सन् २०२२ भने ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ । पछिल्लो आवमा भएको कुल व्यापारमध्ये ९७ प्रतिशत हिस्सा डण्डी उत्पादनको रहेको छ । कम्पनीले कुरा व्यापारको ९.०३ प्रतिशत नाफा कमाएको देखिन्छ ।

सन् २०१६ मा प्रिमियर स्टिल प्रालिका रूपमा स्थापना भएको कम्पनी सन् २०२३ मा रूपान्तरण भई पब्लिक कम्पनी बनेको हो । संस्थापक शिवरतन शारदाले स्थापना गरेको यो कम्पनी शारडा ग्रुप र राठी ग्रुपको संयुक्त स्वामित्वमा सञ्चालन हुँदै आएको छ

दुहबी, सुनसरीस्थित उत्पादन केन्द्रमा कम्पनीले वार्षिक १ लाख ८० हजार मेट्रिक टन डण्डी (टिएमटी बार) र १ लाख २० हजार मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीमा बीरेन्द्र राठी र प्रदीपकुमार शारदाको ११–११ प्रतिशत स्वामित्व रहेको छ । बाँकी शेयरहरू विभिन्न व्यक्तिगत लगानीकर्ताहरूको नाममा रहेका छन् ।

कम्पनीले कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जा तर्फ १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ र अल्पकालीन तर्फ ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्