नेपाल बैंकको नाफामा सामान्य गिरावट, संचालन नाफा र खुद ब्याज आम्दानी दोहोरो अंकमा बढ्यो
काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको नाफामा सामान्य गिरावट आएको छ । तीन महिनामै बैंकले झन्डै ५९ करोड नाफा कमाएको देखिन्छ ।
बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तर, बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा भने दोहोरो अंकको बढोत्तरी देखिएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ३२.८१ प्रतिशत वृद्धि भई ९१ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।
तर, बैंकको वितरणयोग्य नाफा भने ५७ करोड रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । बैंकले जगेडा ता कोषमा भने २३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकले ३ खर्ब ४० अर्ब ४७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकसँग ५.४९ प्रतिशत खराब कर्जा छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो कर्जा ३.९५ प्रतिशत थियो ।
हाल बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६०.३२ रुपैयाँ छ ।














