१० श्रावण २०८३, आइतबार

गरिमा विकास बैंकका अधिकांश सूचकहरूमा सुधार, नाफा ११ प्रतिशत बढ्याे, इपिएस कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा गरिमा विकास बैंककाे अधिकांश वित्तिय सूचकहरूमा सुधार देखिएकाे छ ।

बैंकले चालु आज सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार तीन महिनामा बैंककाे नाफा ११ प्रतिशत बढेकाे छ ।

असाेज मसान्तसम्म बैंकले २५ करोड ५ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै बैंककाे सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि बढेकाे छ । यस अवधिमा खुद ब्याज आम्दानी १.१९ प्रतिशत बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०.९५ बढेर ३५ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा समेत ४.७३ प्रतिशत रहेको हो ।

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १७.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्