सामान्य बढ्याे महालक्ष्मी विकास बैंककाे नाफा, यस्ता छन् अन्य सूचक
काठमाडाैं । महालक्ष्मी विकास बैंककाे नाफामा सामान्य सुधार देखिएकाे छ । असाेज मसान्तसम्ममा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले आज सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको पहिलाे त्रमासिक वित्तिय विवरणले यस्ताे देखाएकाे हाे ।
गत आर्थिक वर्षको तुलनामा बैंककाे नाफा ३.४२ प्रतिशत बढेकाे हाे । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९ करोड ८२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै समिक्षा अवधिमा बैंकाे खुद ब्याज आम्दानी ५.३२ प्रतिशतले बढेर ५० करोड ८९ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंककाे यस्ताे आम्दानी ४८ करोड ३२ लाख ११ हजार रहेकाे थियाे ।
यता बैंककाे खुद फि तथा कमिशन आम्दानी भने ५.१५ प्रतिशतले घटेर २ करोड ९५ लाख ४७ हजारमा झरेकाे छ ।गत आर्थिक वर्षको यसै अवधिमा बैंककाे यस्ताे आम्दानी ३ करोड ११ लाख ५२ हजार रहेकाे थियाे ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.२१ प्रतिशत बढेर ६१ कराेड ३३ लाख ८५ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३३.२६ प्रतिशत बढेर १८ करोड ८ लाख ४३ हजार रूपैयाँ कायम भएको छ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ३९ करोड ११ लाख ८८ हजार रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७.८० रुपैयाँ रहेकाे छ ।
इम्पेयरमेन्ट चार्ज १ करोड ५८ लाख ८८ हजार रुपैयाँ र प्रतिसेयर आम्दानी ९.०८ रुपैयाँ रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १४०.०८ रुपैयाँ रहेको छ ।
यस्तै बैंकको मूल्य–आम्दानी अनुपात भने ४०.४८ गुणा रहेको छ । हाल बैंकाे खराब कर्जा पनि बढेर ५.५० प्रतिशत पुगेकाे छ ।













