चिनियाँ कम्पनीले पायाे १ हजारकाे नयाँ नाेट छाप्ने जिम्मा
काठमाडाैं । १ हजार रूपैयाँकाे नेपाली नाेट चीनमा छापिने भएको छ । उक्त नाेट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ ।
चिनियाँ कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी ठेक्का पाएको हो ।
कम्पनीले राष्ट्र बैंकले तोकेको सर्तमा रहेर पेश गरेको बोलपत्रमा उक्त नोट छपाईका लागी कम्पनीले गरेको आर्थिक प्रस्ताव सबैभन्दा कम भएपछि उक्त नोट छपाईको ठेक्काकम्पनीलाई दिनेको लागि राष्ट्र बैंकले आशयपत्र राष्ट्र बैंकले पठाएको छ ।
यसअघि ५ रूपैयाँ दरका ३५ करोड थान, १० रूपैयाँ दरका ३४ करोड थान, १०० रूपैयाँ दरका ३० करोड थाप, ५०० रूपैयाँ दरका २३ करोड थान र ५० रूपैयाँ दरका ४२ करोड थान नेपाली नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको थियो ।













