हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाउने निर्णय गैरकानूनी रहेकाे भन्दै उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

उनले दाबी गरेको रिट निवेदनमा दुई पक्षको छलफलपछि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि यस्तै प्रकृतिका निवेदनमा अन्तरिम आदेश नभएको बरु मुद्दाको छिटो सुनुवाइ गर्नेगरी आदेश भएको भन्दै सर्वोच्च अदालतले यो मुद्दामा पनि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

‘ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै राखि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ’ अदालतकाे आदेशमामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्