एमालेले पालिका–स्तरमा गर्ने जनप्रदर्शनको तयारी गर्न शंकर पोखरेलको निर्देशन
काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी कात्तिक २५ गते पालिका–स्तरमा हुने जनप्रदर्शनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका छन्।
उनका अनुसार, सो दिन एमालेले पालिका–स्तरमै हुने प्रतिगामी षड्यन्त्रविरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको छ।
जनप्रदर्शन सफल बनाउन उनले झन्डा, ब्यानर र प्लेकार्ड तयारी गर्न, ह्यान्ड माइक वा सानो साउन्ड सिस्टमको व्यवस्था मिलाउन, भीड हुने बजार क्षेत्रलाई प्रदर्शन स्थलका रूपमा चयन गर्न, प्रदर्शनपछि छोटो र प्रभावकारी कोणसभा आयोजना गर्न निर्देशन दिएका छन्।
त्यस्तै, उनले जनप्रदर्शनका फोटो र भिडिओ सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चारमाध्यमहरूमा पठाउन समेत कार्यकर्तालाई आग्रह गरेका छन्।













