शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद कति ?
काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे।
जसमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।













