आइसीएफसी फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीको कात्तिक २३ गते बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १५.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













