हिमालयन लघुवित्तले घाेषणा गर्यो ५ प्रतिशत लाभांश
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ।
शुक्रबार बसेको सस्थाकाे सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५.८४ रुपैयाँको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४.७५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख १ हजार ५८६.७० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ८ लाख ५२ हजार ७१५.०९ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।















