अब शुन्य प्रतिशत ब्याजदरकाे किस्ताबन्दीमा इन्फिनिक्स स्मार्टफोन खरिद गर्न सकिने
काठमाडौँ । इन्फिनिक्स नेपालले नयाँ अफर “बिग फोनस्, स्मल पेमेन्ट” मार्फत स्मार्टफोन खरिदलाई अझ सहज र सुलभ बनाएको छ।
अब ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना इन्फिनिक्सका शक्तिशाली र स्टाइलिस फोनहरू शुन्य प्रतिशत ब्याजमा किस्ता बन्दीमार्फत लिन सक्नेछन्। यो अफर सबैका लागि प्रिमियम फोनलाई नजिक ल्याउने उद्देश्यले ल्याइएको हो।
गेम खेल्ने र क्रिएट गर्न मन पराउनेका लागि जीटी सिरिज, अनि दैनिक प्रयोगका लागि बनेका नोट ५० एस र हट ६० प्रो प्लस , इन्फिनिक्सले हरेक प्रयोगकर्ताको लागि आफ्नो मनपर्ने फोन रोज्न सजिलो बनाएको छ।
तपाईंको सपना फोन, अब तपाईंको पहुँचमा
ग्रहकले अब केवल १० हजार ८०० रूपैयाँबाट सुरु हुने डाउन पेमेंट तथा १ हजार ३५० रूपैयाँ सम्मको मासिक किस्ताबाट अब आफ्नो नयाँ इन्फिनिक्स स्मार्टफोन लिन सक्नेछन् ।
प्रति महिना हट ६० प्रो प्लस (८+१२८ जीबी) १ हजार ३५०, नोट५० एस (८+२५६ जीबी) १ हजार ६००, जीटी ३० (८+२५६ जीबी) १ हजार ८५०, जीटी २० प्रो (८+२५६ जीबी) २ हजार ४००, जीटी ३० प्रो (८+२५६ जीबी) २ हजार ४००, जीटी ३० प्रो (८+२५६ जीबी) वीथ गेमिङ किट २ हजार ५०० र जीटी ३० प्रो (१२+२५६ जीबी) वीथ गेमिङ किट २ हजार ७०० रूपैयाँ किस्तामा उपलब्ध हुनेछ ।
इन्फिनिक्सको लागि यो योजना केवल भुक्तानी सुविधा होइन, सशक्तीकरणको एउटा कदम हो।
ब्रान्डको लक्ष्य सबै उपभोक्तासम्म उत्कृष्ट प्रदर्शन र प्रविधि पुर्याउनु हो, ताकि स्मार्टफोन केवल केहीका लागि होइन, सबैका लागि उपलब्ध होस्।
इन्फिनिक्सको शुन्य प्रतिशत ईएमआइ योजना अहिले देशभरका सबै अधिकृत इन्फिनिक्स विक्रेता र पार्टनर स्टोरहरूमा, प्रमुख वित्तीय संस्थाहरूको सहकार्यमा उपलब्ध छ।













