एमालेले डाक्यो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमालेले डाक्यो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनका अनुसार बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुनेछ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले अब सडकमा समेत उत्रिने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्