सामसङ ग्यालेक्सी बड्स३ एफईः एआई र आइकोनिक डिजाइनको एकीकरण
काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी बड्स३ एफईको आगमनको घोषणा गरेको छ। एक आकर्षक र बुद्धिमानी ट्रू–वायरलेस इयरबड्स, जसले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउँछ।
नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहित, बड्स३ एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ। यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा रु। १९ हजार ९९९ मा उपलब्ध छ।
ग्यालेक्सी बड्स३ एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ।
यसमा ठूलो स्पिकर, उन्नत एक्टिभ नोइज क्यान्सलिङ र क्रिस्टल क्लियर कल टेक्नोलोजी छ ।
यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्स३ एफईले अटो स्वीच समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्नुहुन्छ।
सामसङ नेपालका एमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् “ग्यालेक्सी बड्स३ एफई मार्फत हामी ग्यालेक्सी एआई र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौं। आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।”
ग्यालेक्सी बड्स३ एफई अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्।साथै, हुलास फिन्सर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआइ विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।













