एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित नेताहरू - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित नेताहरू



नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा फर्किएका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले एमालेमा उनीहरूलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे । उनीहरूले भने ओलीलाई सांकेतिक रुपमा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम हस्तान्तरण गरे ।

एमालेमा फर्कीनेहरूमा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई छन् ।

त्यस्तै अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।


प्रतिक्रिया दिनुहोस्