बुद्ध एयरका मालिक बस्नेतसहितका व्यक्तिले गराए दल दर्ता, आयोगले दियो प्रमाणपत्र
काठमाडौं । जेनजी आन्दोलनपछाडि गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगका सचिव महादेव पन्थले सोमबार पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईंलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बुद्ध एयरका अध्यक्ष समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहित विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टीमा संलग्न छन् ।
दर्ता प्रमाणपत्र ग्रहण समारोहमा बस्नेतसहितका नेताहरू उपस्थित थिए । उनीहरूले मुलुकमा विद्यमान बेरोजगारी समाधान गर्न व्यावहारिक नीति र कार्यक्रममार्फत काम गर्ने प्रतिबद्धता जनाएका छन् ।













