सरकारको विवादस्पद कार्यशैलीमा ओलीको आलोचना, संयमित भएर बोल्न मन्त्रीहरूलाई चेतावनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारको विवादस्पद कार्यशैलीमा ओलीको आलोचना, संयमित भएर बोल्न मन्त्रीहरूलाई चेतावनी



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।

आज (सोमबार) पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँनुहुँदै यस्तो चेतावनी दिएका हुन् ।

उनले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

यस्तै, अध्यक्ष ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताए । सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे ।

‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ। देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्,’ कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ’यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन। फराकिलो ढंगले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा।’


प्रतिक्रिया दिनुहोस्