साहस ऊर्जाकाे लाभांश घाेषणा, नगद र बाेनस कति ?
काठमाडौं। साहस ऊर्जाले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २२.१० प्रतिशत लाभांश दिने निर्णय गरेको हाे।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले २१ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ १.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भइ कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ। कम्पनीको २०८१ कात्तिक १४ गतेको साधारण सभाले तत्काल कायम चुक्ता पुँजी बराबर हकप्रद सेयर जारी गर्ने निर्णय गरेकामा कम्पनीले त्यसलाई अहिले संशोधन गरेको हो।













