बोस्च पावर टुल्सले दराजकाे ११:११ अभियानमार्फत ग्राहकका लागि ल्यायो विशेष अफर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बोस्च पावर टुल्सले दराजकाे ११:११ अभियानमार्फत ग्राहकका लागि ल्यायो विशेष अफर



काठमाडौं। बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११:११ अभियानमा सहभागी हुँदैछ।

यस अभियानमार्फत ग्राहकहरूले पेशेवर, गृह निर्माण तथा डिआइवाई (आफ्नै हातले निर्माण गर्ने) प्रयोजनका लागि उच्च गुणस्तरका पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने अवसर पाउने छन्।

दराज नेपालको यो विशेष ११:११ अभियानमा बोस्च पावर टुल्सले निर्माण, अटोमोबाइल, र घर सुधारका लागि आवश्यक उपकरणहरूको विस्तृत श्रृंखला प्रस्तुत गर्नेछ। साथै, “फास्टेस्ट फिङ्गर फर्स्ट” अफरअन्तर्गत रु २२ हजार ९०० मूल्यको प्रेसर वाशर केवल रु ११ मा पाउने रोमाञ्चक अवसर पनि उपलब्ध हुनेछ।

यस अभियानमा विभिन्न लोकप्रिय उपकरणहरू पनि समावेश गरिएका छन्। तीमध्ये बोस्च GWS 600, सानो र किफायती एङ्गल ग्राइन्डर, साँघुरो ठाउँका कामका लागि उपयुक्त छ। बोस्च GHG 16-50 हिट गन सटीक तापक्रम नियन्त्रणका लागि भरोसायोग्य उपकरण हो। त्यस्तै, बोस्च GSB 450 इम्प्याक्ट ड्रिल माथिल्लो स्थान वा सीमित ठाउँमा पनि कुशलतापूर्वक काम गर्न सकिने सानो तर शक्तिशाली ड्रिल हो।

त्यसैगरी, बोस्च GBH 2-23 REA रोटरी ह्यामर धुलो कम हुने र दक्ष ड्रिलिङका लागि उपयुक्त एसडीएस-प्लस प्रणालीमा आधारित छ। बोस्च जीएसबी १३ RE इम्प्याक्ट ड्रिल किट सेट विभिन्न उपकरणहरूसहितको बहुप्रयोगीय सेट हो। साथै, बोस्च जीएलएम ४० लेजर रेंजफाइन्डर छिटो र सटीक मापनका लागि उपयोगी कम्प्याक्ट उपकरण हो।

बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा नेपालमा अझ सुदृढ बनाउँदै निर्माण कम्पनीदेखि व्यक्तिगत कारीगरहरूसम्म सबैका लागि भरपर्दो उपकरण उपलब्ध गराइरहेको छ। यस अभियानले नेपाली बजारमा बोस्च उत्पादनप्रतिको विश्वास र सन्तुष्टि अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

नेपालमा बोस्च पावर टुल्स वि.स. २०७३ देखि यसको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रा. लि. मार्फत वितरण हुँदै आएको छ। इन्फ्राटेकले प्रमाणिक उत्पादनका साथै बिक्रीपछिको सेवा पनि सुनिश्चित गर्दै आएको छ। हाल नेपालभर १०० भन्दा बढी आधिकारिक उप–वितरकहरू रहेको नेटवर्कमार्फत उत्पादनहरू वितरण गरिन्छ।

१०० भन्दा बढी निर्माण कम्पनी, ५० उद्योग, र २५ धातु कार्यशालाहरूले बोस्च उपकरणहरूलाई प्राथमिकता दिएका छन्। यी सबै उत्पादनहरू एक वर्षको वारेन्टीसहित उपलब्ध छन्, जसलाई आधिकारिक सेवा केन्द्रहरूले समर्थन गर्छन्।

ग्राहकहरूले यी आकर्षक अफरहरू नोभेम्बर ११ देखि दराज नेपालमा मात्र लाभ उठाउन सक्नेछन्। बोस्च पावर टुल्सको यो अभियानले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र विश्वासयोग्य सेवाको अनुभव दिलाउनेछ।


प्रतिक्रिया दिनुहोस्