४२.१०५ प्रतिशत लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

४२.१०५ प्रतिशत लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा



काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस ४ गते (शुक्रबार) बिहान ९ बजे काठमाडौंको थिरबम सडकस्थित आप्रपाली ब्यान्क्वेटमा आफ्नो तेह्रौं वार्षिक साधारणसभा बाेलाएकाे हाे ।

कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ।

साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस्