साना किसान विकास लघुवित्तकाे १५ प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साना किसान विकास लघुवित्तकाे १५ प्रतिशत लाभांश घाेषणा



काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत, जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने भएकाे हाे।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्