१ कार्तिक २०८३, आइतबार

फोनपेको छैटौं वार्षिक साधारण सभाः सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश तथा आइपीओ जारी गर्ने प्रस्ताव पारित



काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय पारित भएको छ ।

यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालकमा पुनः सशिन जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरीण प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ। आइपीओ जारी गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

चालु आर्थिक वर्षको लेखा परीक्षणका लागि साधारण सभाले एनबीएसएम एण्ड एसोसिएट्स एकाउन्ट्यान्ट्सलाई नियुक्त गरेको छ।