९० ब्रोकर कम्पनी र २ वटा स्टक डिलरको सदस्यता नवीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साढे सात दर्जन दलाल कम्पनी (ब्रोकर कम्पनी) र २ वटा धितोपत्र व्यापारी (स्टक डिलर) को सदस्यता नविकरण गरेको छ ।
नेप्सेले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ९० ब्रोकर कम्पनी र २ स्टक डिलरको सदस्यता नवीकरण गरेको हो ।
नेप्सेका अनुसार ती िसबै कम्पनीको सदस्यता गत असोज मसान्तसम्म नवीकरण भएको छ । यी कम्पनीहरू दोस्रो बजारमा धितोपत्र खरिद–बिक्रीमा सक्रिय छन् ।













