सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषकाे खुद नाफा ४.४३ प्रतिशत बढेकाे छ ।
कोषले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै असाेज मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशत घटेर ९ कराेड ७२ लाख १२ हजार रूपैयाँमा खुम्चिएकाे छ भने कुल खर्च २४.२३ प्रतिशत घटेर ११ कराेड ७९ लाख ७४ हजारमा झरेकाे छ ।
यता कम्पनीको कुल आम्दानी ३.९० प्रतिशत बढेर ५३ कराेड ७२ लाख पुगेकाे छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेर ४२ कराेड ७४ लाख ३३ हजार रूपैयाँ पुगेकाे छ ।
यता कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा घटेर १९ रुपैयाँ ४० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।
६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।













