विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयद्वारा ‘फोकल युनिट’ स्थापना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयद्वारा ‘फोकल युनिट’ स्थापना



काठमाडौँ । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेकाे छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत एक फोकल युनिट स्थापना गरेको जानकारी दिएको हो।

यो युनिटले विदेशी लगानीकर्तालाई आवश्यक पर्ने सहजीकरण, समन्वय र सहयोगका कामलाई व्यवस्थित रूपले अगाडि बढाउने मन्त्रालयले बताएको छ।

यसबाहेक, विदेशी लगानीसँग सम्बन्धित अन्य मन्त्रालय तथा सरकारी निकायहरूबीचको समन्वय सुदृढ गर्ने जिम्मेवारी पनि यसै युनिटले वहन गर्नेछ।

अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकिङ, राजस्व र वित्तीय प्रक्रिया जस्ता विषयमा विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण प्रदान गर्ने मुख्य अभिभार यस युनिटको हुनेछ।


प्रतिक्रिया दिनुहोस्