सन्तोष परियारले छाडे रास्वपा, जनार्दन शर्माको अभियानमा जोडिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सन्तोष परियारले छाडे रास्वपा, जनार्दन शर्माको अभियानमा जोडिने



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्याग गरेका छन् । रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । उनी जनार्दन शर्माले सुरु गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ जोडीने बताइएको छ ।

कम्युनिस्ट पृष्ठभूमिका परियार जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको पनि बताइएको छ ।

बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैदेखि रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने उनले पत्रमा उल्लेख गरेका छन्।

उनी रास्वपामा निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद थिए।


प्रतिक्रिया दिनुहोस्