कुलमानले पनि बुझाए सम्पत्ति विवरण, खरेल र गौतमको बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।
मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ ।
अहिलेसम्म प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन् ।
कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डलमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले भने अझै सम्पत्ति विवरण पेस गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।













