७ श्रावण २०८३, बिहिबार

सुधारिँदै सोनापुर मिनिरल्सको वित्तीय स्थिति, व्यापारमा उछाल आएपछि नाफा धनात्मक



काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको वित्तिय चित्रमा बदलाव आएको छ । कम्पनीको व्यापार, नाफा लगायतका मुख्य सूचकहरुमा उल्लेख्य सुधार आएको छ ।

कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रौसिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको व्यापार अर्थात् बिक्री आम्दानी बढेसँगै नाफा धनात्मक बनेको हो । कम्पनीको व्यापार ९५.३० प्रतिशत वृद्धि भई ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको मात्रै व्यापार गरेको थियो ।

कम्पनीको खुल नाफा पनि ७८८.९१ प्रतिशत वृद्धि भई २३ करोड ३५ लाख कायम भएको छ । यता, संचालन नाफा पनि १३ करोड ४८ लाख रुपैयाँ धनात्मक छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा २ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्