सांग्रिला डेभलपमेन्ट बैंकले यो वर्ष साढे १० प्रतिशत लाभांश दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकले यो वर्ष साढे १० प्रतिशत लाभांश दिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कात्तिक २८ गते शुक्रबार बसेको संचालकको समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्