आज सकिँदै नयाँ दल दर्ताको लागि आयोगले दिएको समय
काठमाडाैं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदैछ ।
अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म दिएकाे नयाँ दल दर्ता गर्ने समय आजबाट सकिने भएको हो ।
आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।













