माछापुच्छ्रे एसआइपी योजना मंसिर १४ गतेदेखि सार्वजनिक निष्काशन हुँदै
काठमाडाैं । माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो।
क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
यस योजनाको कुल आकार ५ करोड इकाई छ। जसमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि, र १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणका लागि १ करोड २५ लाख इकाई उपलब्ध हुनेछ।
योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा मंसिर २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।













