अनेरास्ववियु अध्यक्षबाट हटाइए कडरिया, दीपक धामी बने नयाँ अध्यक्ष
काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियालाई हटाएर महासचिव रहेका दिपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरिएको छ ।
जेन(जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो ।
बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको छ ।
यस निणर्य पश्चात कडरियाले सामाजिक सन्जालमा लेखेका छन्,‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’













