अर्थ मन्त्रालयका २५ उपसचिवहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
काठमाडौं । अर्थ मन्त्रालयले एकै पटक दुई दर्जन उपसचिवहरुको सरुवा गरेको छ । कात्तिक ३० गतेको निर्णय अनुसार २५ जना उपसचिवहरूको जिम्मेवार फेरबदल भएको हो ।
मन्त्रालयले विभिन्न निकायमा कार्यसञ्चालन सुदृढ बनाउन उपसचिवहरूलाई राजस्व, भन्सार र कर प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा नयाँ जिम्मेवारी तोकेको छ ।
मन्त्रालयका अनुसार कमल लामिछाने र मञ्जु अधिकारीलाई ठूला करदाता कार्यालयमा पठाइएको छ भने भीमप्रसाद आचार्यलाई राजस्व अनुसन्धान विभागमा खटाइएको छ ।
त्यस्तै, रामप्रसाद पाठकले अर्थ मन्त्रालयमै जिम्मेवारी सम्हाल्नेछन् र अर्जुन न्यौपानेलाई वीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरिएको छ । बाँकी उपसचिवहरूलाई पनि राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, विभिन्न भन्सार कार्यालय तथा करदाता सेवा कार्यालयहरूमा तोकिएको मन्त्रालयले जनाएको छ ।
को कहाँ पुगे ?














