दोहोरो अंकमा बढ्यो सीजी होल्डिङ्सको नेपाल ल्यूब आयलको व्यापार, एकै वर्ष डेढ अर्बको कारोबार
काठमाडौं । नेपाल ल्यबु आयल लिमिटेडको व्यापारमा दोहोरो अंकको बढोत्तरी आएको छ । सीजी होल्डिङ्स अन्तर्गत सञ्चालित कम्पनीले एकै वर्ष डेढ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ मा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । तर, यो गत वर्ष सन् २०२४ को तुलनामा भने १५.१५ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले १ अर्ब १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा पनि कम्पनीले ९२ करोड ७० लाख रुपैयाँ थियो ।
व्यापार बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले ४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीका अनुसार उत्पादन र अटोमोटिभ लुब्रिक्यान्टहरू, औद्योगिक लुब्रिक्यान्ट र ट्रान्सफर्मर आयलको माग बृद्धि भएकोले व्यापारमा उकासो आएको हो ।
गोल्फ आयल इन्टरनेशनलसँगको लाइसेन्सका आधारमा गल्फ ब्रान्ड अन्तर्गत लुब्रिक्यान्टको बिक्री गर्दै आएको छ । कम्पनीले ५१ करोड ८७ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ३७ लाख र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँ छ ।
१९८४ मा स्थापना भएको यो कम्पनीले नेपालमा लुब्रिक्यान्ट्सको उद्योगमा सशक्त पहिचान बनाइसकेको छ । आगामी वर्षहरूमा थप विकासका अवसरहरू खोज्दै अगाडि बढ्ने योजनामा रहेको छ ।
कम्पनीले अनुभवी नेतृत्व र सक्षम व्यवस्थापनका कारण व्यापारमा ठुलो सफलता मिलेको दावी गरेको छ । हाल कम्पनीको अध्यक्ष अरुण कुमार चौधरी छन् । उनी सीजी होल्डिङ्स समूहका पनि अध्यक्ष हुन् ।













