लाभांश प्रस्ताव पारित गर्न ङादी ग्रुप पावरले बाेलायाे साधारणसभा
काठमाडाैं । ङादी ग्रुप पावर लिमिटेडले मंसिर २५ गतेका लागि साधारणसभा बाेलाएकाे छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित १२ औँ वार्षिक साधारणसभा मंसिर २५ गते बोलाउने निर्णय गरेको हो ।साधारणसभा काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।
सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।
त्यसका साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी सञ्चालकको भत्ता, सेवा र सुविधा, सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाही अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संधोन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।













