लाभांश प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले बाेलायाे साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लाभांश प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले बाेलायाे साधारण सभा



काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको कम्पनीले मंसिर २६ गते साधारणसभा बोलाएको हो ।

सो सभा होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते एक दिनका लािग बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्