प्रधानमन्त्रीले दिउँसो ४ बजे बाेलाइन् १२५ दललाई छलफलमा
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बाेलाएकी छन् ।
सरकारका कामबारे जानकारी दिन आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्।
आजकाे छलफल आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा केन्द्रत हुने बताइएकाे छ ।













