सिमरा विमानस्थलमा तनाव, आजका सबै उडान रद्द
काठमाडौं । बाराको सिमरा विमानस्थलमा बढेको तनावका कारण आजका लागि सबै उडान रद्द गरिएको छ । बुद्ध एयरले यहाँ दैनिक पाँच उडान सञ्चालन गर्ने गर्छ । तर, आज दोस्रो उडान जसमा एमालेका नेताहरूको यात्रा तय थियो, धावनमार्ग नपुग्दै फर्काइएको छ ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरेको छ । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सुरक्षासम्बन्धी कारणले सबै उडान प्रभावित भएका छन् ।












