नेप्से सुधारका लागि ५ सदस्यीय कार्यदल गठन
काठमाडौं । सरकारले नेप्से सुधार अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार कार्यदललाई ५० दिनको समयावधि दिइएको छ । समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।
लामो समयदेखि नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको विषयमा चर्चा भइरहेका अवस्थामा यो कार्यदल गठन गरिएको हो ।













