९ श्रावण २०८३, शनिबार

राष्ट्रिय सभाका सचिवमा कँडेल



काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुलाबहादुर कँडेल नियुक्त भएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सचिवमा नियुक्ति गरेका हुन् ।
अधिवक्ता कँडेल पाँच वर्षका लागि सचिव पदमा कार्यभार सम्हाल्नेछन् । उनी काभ्रेपलाञ्चोक, चौंरीदेउराली गाउँपालिका–८ का हुन् ।


प्रतिक्रिया दिनुहोस्