अर्थ मन्त्रालय अन्तर्गतका ३८ कार्यालय खारेज, ३२३ दरबन्दी कटाैती - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थ मन्त्रालय अन्तर्गतका ३८ कार्यालय खारेज, ३२३ दरबन्दी कटाैती



काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ३८ वटा कार्यालयहरू खारेज भएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले संयुक्त संगठन संरचना बनाउने सन्दर्भमा कार्तिक महिनामै ओएनएम संगठन सम्पन्न गरेकाे र जसबाट अर्थ मन्त्रालयका ३८ वटा कार्यालयहरू खारेज भएका छन् र अर्थमन्त्रालयका करिब ३२३ दरबन्दी घटेको जानकारी दिएका हुन् ।

छरितो संरचनाले वार्षिक करिब २० देखि २२ करोडको बजेट बचत हुने र त्यो बजेटलाई अन्य विकास निर्माणमा उपयोग गर्न सकिने प्रवक्ता पाण्डेयले बताए ।

त्यसैगरी प्रविधिमैत्री प्रशासन अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा, अर्थ मन्त्रालयमा पूर्ण रूपमा जिएआइयुएमएस प्रविधि लागू गरेकाे पनि उनले जानकारी दिए ।

यसकाे कार्यान्वयनले पेपरलेस गभर्नमेन्ट र डिजिटल गभर्मेन्टको उद्देश्यमा सहयाेग पुर्याउने बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्