१० औं पटक बिहारकाे मुख्यमन्त्रीको शपथ लिँदै नितिश कुमार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१० औं पटक बिहारकाे मुख्यमन्त्रीको शपथ लिँदै नितिश कुमार



काठमाडाैं । भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्रीका रूपमा जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमारले सपथ आज सपथ ग्रहण गर्दैछन् ।

याेसँगै नितिश कुमार १० औं पटक भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् ।

शपथ ग्रहण समारोहमा सहभागी हुन केन्द्रीय गृहमन्त्री अमित शाह बुधवार बेलुकी नै पटना पुगिसकेका छन् ।

जनता दल (युनाइटेड) का अध्यक्ष नितीश कुमारको नेतृत्वमा नयाँ सरकार गठन हुनु अघि बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेता रूपमा सर्वसम्मत चयन गरिएको छ।

बैठकले नेता चयन गरेपछि बुधबार बेलुकी उनले बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्