आज पनि बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजो एकैदिन २८०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ ।
हिजाे छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४२ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ३५ रूपैयाँ बढेकाे छ । हिजाे प्रतिताेला ३ हजार १५० रुपैयाँमा कारोबार भएकाे चाँदीकाे भाउ आज ३ हजार १८५ रूपैयाँ ताेकिएकाे छ ।













