९ श्रावण २०८३, शनिबार

सिमरा बजार आज पनि तनावग्रस्त, प्रशासनले फेरि लगायो कर्फ्यू



काठमाडौं । प्रहरी र जेनजी युवाबीच झडप हुँदा बाराको सिमरा बजार आज पनि तनावग्रस्त छ ।

आफूहरूमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेपछि दुवै पक्षबीच झडप भएको हो ।

जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको भए पनि अवस्था शान्त हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्