२ हजार ५ सय ६० बिन्दुमा राेकियाे सेयर बजार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२ हजार ५ सय ६० बिन्दुमा राेकियाे सेयर बजार



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार ९ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ०.९३ अंकले घटेर २५ सय ६० दशमलव १५ बिन्दुमा राेकिएकाे छ ।

नेप्से परिससूचक घटे पनि आज काराेबार रकम भने बढेकाे छ । आज ३२८ कम्पनीकाे १ कराेड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ कराेड ८८ लाख ६८ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३३८ कम्पनीकाे ८२ लाख ७९ हजार २४६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७१ कराेड ६३ लाख ६९ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स व्यापार र अन्य समुहकाे सेयर बढेका छन् भने बाँकी सबै समुहका सेयर घटेका छन्। आज होटल तथा पर्यटन समुह सर्वाधिक १.१६ प्रतिशत बढेको छ ।

यस्तै आज धाैलागिरी लघुवित्त वित्तिय संस्था, बन्दीपुर केवल कार र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।


प्रतिक्रिया दिनुहोस्