१३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा



काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे।

सो सभा मंसिर २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, भारले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्