सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, नगद कति ?
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि घोषणा गरेको हाे ।
बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर सहित ०.२६४२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।
यो लाभांश पारितका लागि अब हुने कम्पनीको १६औं वार्षिक साधारणसभामा पेश गरिने र सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ।













