नेरुडे मिर्मिरे लघुवित्तकाे २१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे स्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएकाे छ । कम्पनीले २१ हजार ३८९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे ।
कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र पौडेलका १६ हजार ८८९ कित्ता तथा देवराज पाण्डेका ४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको छ।
यसअघि यी शेयरहरू खरिद गर्न कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिएकोमा सो अवधिमा खरीद नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको हो।
शेयर किन्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–०८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित रूपमा निवेदन पेश गर्नुपर्नेछ।













