प्रतिताेला १३०० रूपैयाँ घट्याे सुनकाे भाउ, चाँदीकाे कति ?
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे प्रतिताेला ७०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १३०० रूपैयाँ घटेकाे हाे ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
हिजाे छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४३ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ८५ रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला ३ हजार १८५रुपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ३ हजार १०० रूपैयाँमा झरेकाे छ ।













